‘कमजोर राजस्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजस्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण बनेको बताएका छन्। बिहीबार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन्।

उनले पछिल्लो समय आयातमा कमी आउँदा सरकारको राजस्व संकलन गत वर्षको भन्दा घटेको बताए। उनले राजस्व संकलनमा कमी आएसँगै बढ्दो सरकारी चालु खर्चले गर्दा सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण बनेको बताए।

उनले बैंकले ब्याजदर घटाउँदा आन्तरिक आर्थिक गतिविधि बढ्दै जान थालेको बताए। उनले पछिल्लो महिनामा मूल्यवृद्धि पनि घट्दो क्रममा रहेको बताए।

उनले बैंकिङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाब परको बताए। गभर्नर अधिकारीले १० विलासी वस्तुको आयात रोके पनि शोधानान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा निरन्तर सुधार आएसँगै राष्ट्र बैंकको प्रयासले गत असोजबाट शोधनान्तर स्थितिमा सुधार भएको बताए।

उनले अहिले शोधानान्तर र विदेशी विनिमय सुधारका कारण ब्याजदर घट्न लागेको बताए। उनले पछिल्लो समय वित्तीय स्थिति सुधार हुँदै गएको दाबी गरे।

गभर्नर अधिकारीले अहिले निक्षेप र आधारदर घटेको बताए। उनले बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय अवस्था सुधार हुँदै आएको बताए।

त्यस्तै पूर्वगभर्नर विजयनाथ भट्टराईले मर्जरमा गएर बैंक तथा वित्तीय संस्थाको संख्या घटे पनि जोखिम बढ्न सक्ने बताए। उनले मर्जरमा गएको बैंकको राष्ट्र बैंकले सुपरीवेक्षण नगरे जोखिम बढ्न सक्ने उल्लेख गरे।

उनले कोरोनापछि राष्ट्र बैंकले उदार नीति जारी गरेका कारण अर्थतन्त्र कोल्याप्स हुनबाट जोगिएको बताए। उनले राष्ट्र बैंक पूर्ण स्वायत्त भएको हुँदा अर्थतन्त्रमा परेको समस्यामा समाधान भएको बताए। उनले राष्ट्र बैंकले लिने मौद्रिक नीति माध्येमार्गी हुन जरुरी रहेको बताए।

त्यस्तै डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमिल्सिनाले राष्ट्र बैंकले ब्याजदर घटाउने गरी नीतिगत व्यवस्था गरेको बताए। उनले व्यापार चक्रमा कहिले तेज र कहिले सुस्त हुने बताउँदै सबैलाई संयमित भएर काम गर्न आग्रह गरे।

उनले नितिगत व्यवस्था कटौती गरेर कोरोना कालमा अर्थतन्त्र चलायमान गरेको दाबी गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *