कम्पनी ट्रेडमार्क दिन घुस लिने शाखा अधिकृत र सहयोगी अख्तियारको फन्दामा

विधिवत र नियमसंगत रुपमा प्रक्रिया पुरा गरेर दर्ता कम्पनीका लागि ट्रेडमार्क दिन घुस माग्ने उद्योग विभागका दुई कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा रंगेहात पक्राउ परेका छन् ।

उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत र कार्यालय सहयोगी घुससहित पक्राउ परेका हुन् ।

शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दीपा थापालाई ४९ हजार ५ सय रुपैयाँ घुस रकमसहित आयोगको टोलीले बिहीबार नियन्त्रणमा लिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

ट्रेडमार्क दिने क्रममा सेवाग्राहीबाट घुस लिएको उनीहरुमाथि आरोप छ ।

दुवै जना अहिले अख्तियारको हिरासतमा रहेका छन् । ु१२ हजार घुस कार्यकक्षबाटै, थप रकम छानबिन गर्दा उनीहरुबाट बरामद भएको प्रवक्ता भोला दाहालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर