रवि र स्वर्णिमले लिए शपथ, उपेन्द्र अनुपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन्।

उनीहरूलाई प्रतिनिधिसभा कानून समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन्।

यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन-२ र वाग्ले तनहुँ-१ बाट निर्वाचित भएका हुन्।

शपथग्रहण समारोहमा बारा-२ बाट निर्वाचित सांसद उपेन्द्र यादव भने उपस्थित भएनन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर