सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने वाणिज्य बैंकमा हिमालयन, कम्पनीमा आईएमई

वाणिज्य बैंकतर्फ हिमालयन बैंक लिमिटेड र कम्पनीतर्फ आईएमई लिमिटेडले विदेशबाट सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएका छन्।

यीसहित धेरै रेमिट्यान्स भित्र्याउने ६ वटा बैंक तथा कम्पनीलाई नेपाल राष्ट्र बैंकले सम्मान गरेको छ।

गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवका अवसरमा रेमिट्यान्स बढी भित्र्याउने बैंक तथा कम्पनीका प्रमुखहरूलाई सम्मान गरेका हुन्।

वाणिज्य बैंकतर्फ हिमालयन बैंकले कुल रेमिट्यान्स आप्रवाहको १६.९ प्रतिशत भित्र्याएको छ। यसबाहेक नेपाल एसबीआई बैंकले १६.७७ प्रतिशत र ग्लोबल आईएमई बैंकले १५.६५ प्रतिशत रेमिटेन्स भित्र्याएका छन्।

रेमिट्यान्स कम्पनीतर्फ आईएमईले ३१.१२ प्रतिशत, सिटी एक्सप्रेसले १४.९२ र प्रभु मनी ट्रान्सफरले १०.९१ प्रतिशत रेमिट्यान्स भित्र्याएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *