रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताएका छन्।

शुक्रबार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रूपमा आयोजित २ दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताए। उनले जनताको विश्वासमाथि सम्मान गर्नुपर्ने बताए।

उनले जनताले ठूला राजनीतिक दलहरूलाई सच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको बताए। उनले नेपालीहरू कोही पनि एक अर्काको शत्रु नभएको भन्दै एकले अर्कोलाई गालीगलौज गरेर अघि नपुगिने बताए।

उनले सबै राजनीतिक दल र नेताहरु गरिबीको विरुद्धमा एकजुट हुनुपर्ने बताए। उनले देश आर्थिक संकटमा रहेकाले सबै पार्टीलाई प्रतिपक्षमा नबस्न आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *