मन्त्री मोदीले थोपरे कर्मचारीमाथि दोषैदोष

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारी कर्मचारीहरूले सरकारको नीतिअनुसार काम नगर्दा जनताको आक्रोश राजनीतिक दलमाथि खनिएको बताएका छन्।

शुक्रबार काठमाडौंमा नेपाल आयल निगम कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री मोदीले यस्तो बताएका हुन्।

उनले सरकारी कर्मचारीहरूले सरकारको नीतिअनुसार जनतालाई दिने सार्वजनिक सेवा सहज रूपमा दिन नसक्दा सरकारको आलोचना हुने गरेको भन्दै कर्मचारीहरूले जनता सकारात्मक हुने गरी काम गर्नुपर्ने बताए।

उनले पछिल्लो उपनिर्वाचनको परिणाम कर्मचारीहरूले दिएका सेवाहरू जनतालाई सकारात्मक बनाउन नसक्दाको परिणाम भएको उल्लेख गरे। मन्त्री मोदीले विभिन्न राजनितिक आन्दोलनबाट बनेका राजनीतिक दलका नेताहरूको संघर्षलाई समेत कर्मचारीहरूले काम नगर्दा उनीहरूको योगदान पानीको फोका जस्तै फुटेर जाने अवस्था देखिएको बताए।

उनले सरकारले गरेका काम कर्मचारीहरूमार्फत जनतामा सकारात्मक रूपमा जान नसक्दा जनताले विकल्पहरू खोज्न थालेको उल्लेख गरे।

मन्त्री मोदीले अहिले नै जादुको छडीबाट समाज परिर्वतन भइहाल्ने जस्तो सोच र दृष्टिकोणबाट जनमत बिग्रन थालेको बताए। उनले कर्मचारीहरूले सत्य कुरा जनतालाई बुझाउन नसक्दा आफूभन्दा उमेरले पाकालाई युवा नेता देख्न थालेको टिप्पणी गरे।

उनले जनताले भगवान् ठानेकाहरू कुनै अन्तरिक्ष वा नयाँ फ्याक्ट्रीबाट आएका नभएर यही समाजमा उत्पन्न भएका मान्छेहरू भएकाले उनीहरूले मात्रै गर्छन् भन्ने भ्रममा पर्न नहुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर