फरार सांसद कोइरीको विषयमा विवाद हुँदा संसद बैठक आधा घण्टालाई स्थगित

हत्या आरोपमा फरार रहेका नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको बिदा अनुमोदनको विषयमा प्रतिनिधिसभामा विवाद उत्पन्न भएपछि बैठक आधा घण्टालाई स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले अन्य सांसदहरूसँगै कोइरी पनि स्वास्थ्य उपचारमा रहेको जानकारी गराउँदै उनको बिदा पनि अनुमोदन भएको घोषणा गरेपछि विराेध भएकाे हाे।

सभामुखकाे घाेषणाालगत्तै नेकपा (माओवादी केन्द्र) का हितराज पाण्डेले उनको बाहेकको नाम मात्र अनुमोदन गर्न माग गरेका थिए। नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि टेबल ठोकेर सहमति जनाएका थिए। तर, सभामुखले कार्यसूची अघि बढाएका थिए।

लगत्तै सत्तापक्षका सांसदहरूले उभिएर विरोध गरेका थिए।

नेपाली कांग्रेसका प्रमुख रमेश लेखकले फरार रहेको मान्छेलाई बिरामी बिदामा रहेको बताउँदा जग हँसाइ हुने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले पनि नयाँ पुस्ताका सांसद अहिले संसदमा आएको उल्लेख गर्दै ‘राजनीतिको नाममा लाजनीति’ नगर्न आग्रह गरे।

उनले आफू गृहमन्त्री भएका बेला कोइरी फरार रहेको र भारतमा रहेकोसम्मको सूचना आएको बताए।

नेकपा (एमाले) का सांसद रघुजी पन्तले ‘फरारलाई बिरामी भन्नुपर्छ’ भन्ने पक्षमा आफ्नो पार्टी नरहेको उल्लेख गरे। तर, उनले गृहमन्त्रीले पक्राउ गर्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *