विधायन व्यवस्थापन समितिको सभापति २५ वैशाखमा चुनिने

राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको सभापतिको निर्वाचन यही वैशाख २५ गते हुने भएको छ।

शुक्रबार राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो जानकारी गराएका हुन्।

उनले सो निर्वाचन कार्यक्रम सार्वजनिक गर्न पनि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललाई निर्देशन दिए।

उनले भने,‘राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिको निर्वाचनका लागि मिति २०८० वैशाख २५ गते सोमबार अपराह्न २ बजेको समय तोकेको छु। समिति सभापतिको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न राष्ट्रियसभाका सचिवलाई निर्देशन गर्दछु।’

त्यसैगरी बैठकले राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा राष्ट्रियसभाबाट प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ र मदनकुमारी साह गरिमालाई मनोनयन पनि गरेको छ।

अध्यक्ष तिमिल्सिनाले प्रस्ताव गरेको सो नामावलीलाई बैठकले स्वीकृत गरेको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर