शैक्षिक संस्थामा राजनीतिक दलका भ्रातृ संगठनको गतिविधि बन्द गरौं : विराजभक्त श्रेष्ठ

प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले शैक्षिक संस्थामा राजनीतिक दलका भ्रातृ संगठनको गतिविधि बन्द गर्नुपर्ने बताएका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य श्रेष्ठले शैक्षिक संस्थाहरूमा राजनीतिक दल र तिनका भ्रातृ संगठनका गतिविधिहरू बन्द हुनुपर्ने बताएका हुन्।

उनले माध्यामिक तहको विद्यालयमा दलहरूले गर्ने गतिविधि बन्द नभएमा त्यहाँ पनि विद्रोह हुने चेतावनी दिए।

उनले राजनीतिक दलहरूलाई विद्यालयमा भातृ संगठनहरूको राजनीति बन्द गराउन अनुरोध पनि गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर