संघीय संसदको दुवै सदनकाे अधिवेशन अन्त्य

संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ।

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार मध्यराति १२ बजेदेखि सघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतमा रहेका कारण यादवले कार्यवाहक राष्ट्रपतिको रूपमा अधिवेशन अन्त्य गरेका हुन्।

‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन संवत २०८० साल वैशाख १५ गते शुक्रबार राति १२ बजेदेखि अन्त्य गरेको छु,’ सूचनामा भनिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *