यूएनमा वर्ष प्रहरी बनेकी मल्लसहित तीन एसपीको एसएसपीमा बढुवा सिफारिस

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा कार्यरत रहँदा उत्कृष्ट प्रदर्शन तथा कार्य क्षमताको मूल्यांकन गर्दै यूएन वर्ष प्रहरी-२०२१ को उपाधि पाएकी चिकित्सक प्रहरी उपरीक्षक (एसपी) डाक्टर संज्ञा मल्ललाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ।

गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले एसपी मल्लसहित नेपाल प्रहरी अस्पतालमा कार्यरत तीन जना चिकित्सक एसपीहरूलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिसमा डा. मल्ल पहिलो नम्बरमा छिन्।

शुक्रबार बसेको बढुवा समितिको बैठकले एसपीहरू डा. मल्ल, डा. दिवा शर्मा र डा. आशिष दत्तलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

एसपी डा. मल्लले कंगोको किन्सासामा रहेको मोनुस्को प्रहरीको स्वास्थ्य तथा वातावरण इकाइको प्रमुखको रूपमा कार्य गरेकी थिइन्। कोभिड-१९ महामारी र इबोला भाइरसको प्रकोपका बेला कंगोका जनतालाई चिकित्सा सहयोग प्रदान गर्न योगदान पुर्‍याएकोमा उनलाई २०२१ मा ‘यूएन वुमन पुलिस अफिसर अफ दि इयर अवार्ड’ प्रदान गरिएको थियो।

उनको इकाइले मे, २०२१ मा गोमा ज्वालामुखी विस्फोटको समयमा प्राकृतिक र मानवीय संकटमा पनि काम गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर