भारतमा उपचारपछि कांग्रेस नेता चन्द्र भण्डारी आज स्वदेश फर्कँदै

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारी आज उपचारपछि स्वदेश फर्किँदै छन्।

गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास चुहावट हुँदा आगालागीमा परी घाइते भएका नेता भण्डारी भारतको मुम्बईमा साढे दुई महिना उपचारपछि आज स्वदेश फर्कन लागेका हुन्।

गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित डा. भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत थिए। कांग्रेस नेता माधव न्यौपानेका अनुसार डा. भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ। पछिल्लो समयमा उनी बोल्ने र हिँड्नेसमेत गरेका छन्।

सो आगलागीमा परी सांसद भण्डारीकी आमा हरिकलासमेत गम्भीर घाइते भएकी थिइन् र उपचारका क्रममा गत फागुन ४ गते उनकाे निधन भएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर