बेलायती राजाको राज्याभिषेकमा परराष्ट्रमन्त्री साउद सहभागी हुने

परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चार्ल्स तृतीयको राज्यभिषेकमा सहभागी हुने भएका छन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राजा चार्ल्सको आगामी शनिबार हुने राज्याभिषेकमा नेपालबाट सहभागी हुन परराष्ट्रमन्त्री साउद बिहीबार बेलायत जाने तय भएको छ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल उक्त कार्यक्रममा जाने तय भएको थियो। तर, बिरामीका कारण उनी भारतमा उपचाररत रहेकाले परराष्ट्रमन्त्री साउद जान लागेका हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर