प्रतिनिधिसभा सचिवमा पाण्डेय र राष्ट्रियसभा सचिवमा अर्याल सिफारिस

संघीय संसद् प्रतिनिधिसभा सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रियसभा सचिवमा सुरेन्द्र अर्याल सिफारिस भएका छन् । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाका सचिव कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष सिफरिस गरेका हुन् ।

संघीय संसद् सचिवालय स्रोतका अनुसार सभामुखले नायब महान्यायाधिवक्ता पाण्डेयलाई प्रतिनिधिसभा सचिवमा सिफारिस गरेका छन् भने अध्यक्ष तिमिल्सिनाले संघीय संसद् सचिवालयका सहसचिव अर्याललाई राष्ट्रिय सभा सचिवमा सिफारिस गरेका हुन् । सभामुखले प्रतिनिधिसभा सचिव र राष्ट्रियसभा अध्यक्षले राष्ट्रियसभा सचिव राष्ट्रपतिसमक्ष सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपतिले सिफारिस स्वीकृत गरेपछि नियुक्ति हुनेछ । प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रियसभा सचिव राजेन्द्र फुयालको कार्यकाल वैशाख १५ मा सकिएको थियो । दुवैको कार्यकाल सकिएपछि सभामुख र अध्यक्षले नयाँ सचिव नियुक्तिका लागि कार्यवाहक राष्ट्रपति यादवसमक्ष सिफारिस गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर