पुनको आन्दोलनमा पुगेका समर्थकको चेतावनी- माग पूरा नभए देशभर आन्दोलन गर्छौं

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको मागमा ऐक्यबद्धता जनाउने राजनीतिक पार्टी र संस्थाहरू बढ्न थालेका छन्।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै वैशाख १५ गतेबाट काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनमा उत्रिएका पुनको मागलाई समर्थन गर्नेहरूको संख्या बढ्दै गएको हो।

राष्ट्रिय प्रजातन्त्त पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत अन्य पार्टी र विभिन्न संघसंस्थाहरूले उनको मागमा ऐक्यबद्धता जनाएका छन्। संस्था र पार्टीमात्रै नभई व्यक्तिरूले पनि पुनको मागमा समर्थन जनाएका छन्।

कानून व्यवसायीदेखि मोर्चाहरूले समेत उनको मागको समर्थन गरेका छन्। कानून व्यवसायीहरूको तर्फबाट ऐक्यबद्धता जनाउन माइतीघर पुगेका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले मुलुक राजनीतिले मात्रै नचल्ने बताए।

उनले उद्योगधन्दा, कलकारखाना र नवप्रवर्तनले नै मुलुकको विकास हुने भन्दै आविष्कारको क्षेत्रमा सरकारले लगानी गर्न जरुरी रहेको बताए।

उनले सत्ता गठबन्धन परिवर्तन गर्ने र दुई महिनामा सरकार परिवर्तन गरेर मात्रै देशको विकास सम्भव नरहेको जिकिर गरे। उनले महावीर पुनको सामाजिक आन्दोलनलाई अन्देखा गरिए देशभर झनै विद्रोह चर्किने चेतावनी दिए।

त्यस्तै पुनको आन्दोलनलाई समर्थन गर्न पुगेका संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुईंटेलले वर्तमान सरकारले विकासको लहर देख्न नसकेको बताए। उनले नेपालीहरूले उत्पादन गरेका सामग्रीहरूको सरकारले प्रोत्साहन गर्न नसकेको बताए। उनले महावीर पुनको आन्दोलनलाई आफूहरूको पूर्ण समर्थन रहेको बताए।

त्यस्तै पुनको आन्दोलनलाई समर्थन गर्न पुगेका अर्का एक व्यक्तिने पनि पुनको माग जायज रहेको बताए। उनले सरकारले तत्काल पुनका मागहरूको सम्बोधन गर्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर