कृषिमन्त्रीको गुनासो- कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो दिनुभएन

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुषालले कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो नदिएको बताएका छन्। आइतबार काठमाडौंमा पेसागत महासंघ, नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि मन्त्रालयको बजेट पनि कटौती गरेको भन्दै असन्तुष्टि जनाए। उनले कृषि मन्त्रालयको बजेट कटौती नगर्न अर्थमन्त्री डा. प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे पनि अर्थतन्त्र संकटमा रहेको भन्दै आवश्यक चासो नदिएको आरोप लगाए।

उनले कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भए पनि कृषि क्षेत्रमा लगानी गर्न सरकार कन्जुस बनेको बताए। उनले कृषि क्षेत्रको विकासका लागि सिँचाइको व्यवस्था र बाँझो जमिनको उपयोगलाई बढाउनुपर्ने बताए।

कृषिमन्त्री भुसालले बाँझो जमिनको प्रयोग गर्न सके उत्पादन बढाउन सकिने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर