भारतमा साढे दुई महिना उपचारपछि स्वदेश फर्किए कांग्रेस नेता चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारी स्वदेश फकिर्एका छन्। उनी नेपाल एयरलाइन्सको विमानमार्फत आइतबार साँझ काठमाडौं आइपुगेका हुन्।

गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास चुहावट हुँदा आगालागीमा परी घाइते भएका नेता भण्डारी भारतको मुम्बईमा साढे दुई महिना उपचारपछि स्वदेश फर्किएका हुन्।

गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित डा. भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत थिए। कांग्रेस नेता माधव न्यौपानेका अनुसार डा. भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ।

सो आगलागीमा परी सांसद भण्डारीकी आमा हरिकलासमेत गम्भीर घाइते भएकी थिइन् र उपचारका क्रममा गत फागुन ४ गते उनको निधन भएको थियो।

हेर्नुहाेस् भिडियाे : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर