रास्वपाले सरकारमा सहभागिताबारे शुक्रबार निर्णय गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारमा सहभागी हुने वा नुहुनेबारे शुक्रबार निर्णय गर्ने भएको छ। सोमबार पार्टी कार्यालय वसुन्धारामा बसेको केन्द्रीय समिति बैठकमा यसबारे छलफल भए पनि निर्णय भने नभएको हो।

महामन्त्री डा. मुकुल ढकालले सरकारमा जाने वा नजानेबारे शुक्रबार पार्टीले निर्णय लिने बताए। रास्वपाले अहिलेको सरकारलाई समर्थन गरिरहेको छ।

सोमबार नै एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र सरकारमा सहभागी हुनेबारे छलफल भइरहेको बताएका थिए। उनले रास्वपालाई पुरानै मन्त्रालय दिइहाल्न सक्ने स्थिति भने नरहेको बताएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर