राष्ट्रपतिलाई गगन थापाको आग्रह- उपचार खर्च आफ्नै खल्तीबाट व्यहाेर्छु भन्नुहोस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले व्यहोर्नुपर्ने बताएका छन् ।

सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैँले आफ्नो उपचार खर्च व्यहोर्नुपर्ने बताएका हुन् ।

भारतबाट उपचार गरेर आइतबार स्वदेश फर्किएका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभई आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने उनले बताए । उनले राष्ट्रपति पौडेललाई उपचार खर्च आफैं व्यहोर्छु भनेर सार्वजनिक गर्न आग्रहसमेत गरे ।

महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरूले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैं उपचार गर्नुपर्ने विभेद हुन नहुने बताए ।

महामन्त्री थापाले कांग्रेसले विगतमा निर्वाचन अगाडि अन्य दलसँग गरेको गठबन्धनप्रति गल्ती महसुस गर्नुपर्ने बताए । उनले आगामी दिनमा पार्टीले कुनै पनि दलसँग कहिल्यै पनि गठबन्धन गर्न नहुने बताए ।

उनले आगामी आर्थिक वर्षको बजेट बन्दै गरेको भन्दै बजेटमा श्रमिकहरूको न्यूनतम ज्याला पुनरवलोकनको माग राख्न ट्रेड युनियनकर्मीहरूलाई आग्रह गरे । त्यस्तै श्रमिक अस्पताल निर्माणको माग गर्दै आन्दोलनमा उत्रिन पनि उनले श्रमिकहरूलाई आह्वान गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर