बजेट अगावै कोशी प्रदेशको नेतृत्व परिवर्तन हुन्छ : ज्ञानेन्द्रबहादुर कार्की

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनै पनि सम्भावना नरहेको बताएका छन्।

सडक शिलान्यासका लागि इनरुवा पुगेका कार्कीले कांग्रेस र एमाले मिल्ने आकलनसहितका टिका टिप्पणी सुनिने गरेको भए पनि त्यसमा सत्यता भने नरहेको बताएका हुन्। उनले नेकपा (एमाले) अबको ५ वर्ष प्रमुख प्रतिपक्षमा रहने बताए।

उनले प्रदेश र केन्द्रमा गठबन्धनकै सरकार निर्माण हुने बताए। उनले केन्द्रमा नेतृत्व परिवर्तन भएझैं प्रदेशमा पनि नेतृत्व परिवर्तन हुने बताए।

नेता कार्कीले असारको बजेट अगावै कोशी प्रदेशमा समेत सरकारको नेतृत्व परिवर्तन हुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर