उपेन्द्र यादवले लिए सांसदको शपथ

बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।

जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई सभामुख देवराज घिमिरेले आज संसदको कानून, न्याय तथा मानव अधिकार समितिको कक्षमा शपथ गराएका हुन्।

यादव यही वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा निर्वाचित भएका हुन्।

उपनिर्वाचनमा चितवन-२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ-१ बाट निर्वाचित स्वर्णिम वाग्लेले भने यसअघि नै शपथ लिइसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर