रवि लामिछानेका गाडी चालकको उपचारका क्रममा मृत्यु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निजी गाडी चालक शम्भु भनिने दिलबहादुर थापाको मृत्यु भएको छ।

चितवनस्थित लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भई उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।।

थापा वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट खसेर गम्भीर घाइते भएको अवस्थामा भेटिएका थिए।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय थापालाई कलेज अफ मेडिकल साइन्सेस, भरतपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएको थियो। उनलाई वैशाख ५ गते सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *