सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ भन्ने पक्षमा छौं : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरू सरकारको स्थिरताको पक्षमा रहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा सदस्यको रूपमा सभामुखबाट शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले आफूहरू सरकारको स्थिरताको पक्षमा रहेको बताएका हुन्।

उनले अस्थिरताले कसैको हित नगर्ने र लोकतन्त्रलाई कमजोर बनाउने भन्दै जनतामा वितृष्णा जाग्न दिन नहुने उल्लेख गरे। अध्यक्ष यादवले सरकार निर्माणको सम्बन्धमा राष्ट्रिय समझदारी बन्नुपर्नेमा जोड दिए।

उनले संसदीय समितिहरूको कामलाई सक्रिय र गतिशील बनाउनुपर्ने बताए। अध्यक्ष यादव वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर