दार्चुलामा हिमपहिरो, यार्सागुम्बा टिप्न गएकाहरू बेपत्ता

दार्चुलामा हिमपहिरो गएको छ। मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१, बोलिनमा हिमपहिरो गएको हो।

हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएकाहरू बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ज्ञानेन्द्रबहादुर सिंहले हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका ६/७ जना बेपत्ता रहेको जानकारी आफूलाई प्राप्त भएको र खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको जानकारी दिए।

‘हिमपहिरोमा यार्सागुम्बा टिप्न गएका ६/७ जना बेपत्ता रहेको मौखिक जानकारी प्राप्त भएको छ। बेपत्ताहरूको खोजीका लागि प्रहरी चौकी सीतापुरबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ,’ इन्स्पेक्टर सिंहले पर्दाफाससँग भने, ‘घटनास्थल पुग्न अझै एक-डेढ घण्टा लाग्छ। त्यहाँ पुगेपछि नै थप भन्न सकिन्छ।’

बेपत्ताहरूको खोजीका लागि सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट पनि डीएसपीको कमाण्डमा ३० जनाको टोली घटनास्थलतर्फ गएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर