तनहुँमा घरमा ठोक्कियो ट्रक, ८ जना घाइते, राजमार्ग अवरुद्ध

तनहुँमा ट्रक घरमा ठोक्किँदा ८ जना घाइते भएका छन्।

बन्दिपुर गाउँपालिका-५, आँधीखोलास्थित पृथ्वीराजमार्गको आँबुखैरेनी-डुम्रे सडकखण्डमा रहेका दुईवटा घरमा ट्रक ठोक्किँदा ८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्ष (डीएसपी) मोहनबहादुर खाणले जानकारी दिए।

बुधबार बिहान डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको हो।

दुर्घटनामा घाइते भएकामध्ये अधिकांश बालबालिका छन्। घाइतेहरू ट्रकले ठक्कर दिएका र सोही आसपासका घरमा बस्नेहरू हुन्।

दुर्घटनामा १२ वर्षीय आयुष भुजेल, ६ वर्षीया आयुषा भुजेल, ५० वर्षीय चेतबहादुर घर्ती, ५५ वर्षीय सनबहादुर भुजेल छन्।

यस्तै १० वर्षीया जस्मिन भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय समीर भुजेल र ५ वर्षीय सन्तोष भुजेल पनि घाइते भएका छन्।

घाइतेहरूलाई हार्डजोर्नी अस्पताल आँबुखैरेनीमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको छ।

दुर्घटनापछि अहिले राजमार्ग अवरुद्ध रहेको र खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

सबै तस्बिरहरू : डीपी अधिकारीकाे फेसबुक।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर