भुटानी शरणार्थी प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्।

उनी अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको नियन्त्रणमा रहेकाे प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले पुष्टि गरे।

‘अनुसन्धानका लागि उहाँ आफैं उपस्थित हुनुभएको हो,’ एसपी रिजालले भने।

पूर्व गृहसचिवसमेत रहेका पाण्डेविरुद्ध आजै पक्राउ पुर्जी जारी भएको थियो।

यस प्रकरणमा प्रहरीले मंगलबार मात्र तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो। यस्तै उनका छोरा निरुज राईविरुद्ध पनि मंगलबार नै पक्राउ पुर्जी जारी भइसकेको छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर