मन्त्रिपरिषद : संसद अधिवेशन वैशाख २४ मा बोलाउन सिफारिस, यी हुन् अन्य निर्णय

सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले वैशाख २४ गते संसदको अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिइन्।

त्यस्तै सरकारले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ र अन्य टिम अफिसियललाई जनही ३ लाख रुपैयाँका दरले रकम उपलब्ध गराएर प्रोत्साहन गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै कीर्तिपुरको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षको बजेट विनियोजनमा विशेष प्राथमिकतामा राख्ने भन्ने निर्णय पनि गरिएको उनले जानकारी दिइन्।

मन्त्रिपरिषदको बुधबारको बैठकले कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा विस्थापितहरूको सम्बन्धमा थप छानबिन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी ३ महिना म्याद थप गर्ने पनि निर्णय गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर