कांग्रेसबाट तीन मन्त्री नियुक्त, कानूनमा धनराज गुरुङ

नेपाली कांग्रेसबाट सरकारमा थप ३ जना मन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका हुन्।

कांग्रेस उपसभापति धनराज गुरुङ कानून , न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बनेका छन्।

प्रधानमन्त्रीको सिफारिसमा उनीहरूलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *