सरकारको औचित्य पुष्टि हुने गरी नीति, कार्यक्रम र बजेट ल्याउँदैछौं : मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आफ्नो औचित्य पुष्टि हुने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने बताएका छन्। मन्त्री बस्नेतले सरकारको ध्यान आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा केन्द्रित भएको पनि बताए।

जल तथा मौसम विज्ञान विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनताका अपेक्षाहरू पूरा गर्नका लागि सरकारको हालसम्मको अवधिलाई तयारीको अवधिको रूपमा लिनुपर्ने पनि बताए। मन्त्री बस्नेतले सरकारले डेलिभरीको कामलाई थप प्रभावकारी बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै अनुभूति गर्न सकिने दाबी गरे।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटपछि जनताको अपेक्षाअनुसार सरकारले काम सुचारु गर्ने उनको भनाइ थियो। मन्त्री बस्नेतले मौसम पूर्वानुमानलाई भरपर्दो बनाउनका लागि सरकारले उचित ध्यान दिने पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *