भ्रष्टाचारमा कसैलाई पनि छुट हुँदैन : कानूनमन्त्री गुरुङ

नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

उनले कुनै पनि योजना अघि बढाउँदा त्यसको लागत किस्ताबन्दीमा के, कति भन्ने कुरा निकालेर मात्रै अघि बढ्ने बताए। उनले आफ्नो पहिलो प्राथमिकता न्याय ढिलो हुन नदिने रहेको बताए।

उनले न्याय चुस्त र दुरुस्त बनाएर अघि बढ्ने कुरा पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे। उनले कुनै पनि क्षेत्रमा भएको भ्रष्टाचारमा कसैलाई पनि छुट नहुने स्पष्ट पारे।

उनले भने, ‘कुनै पनि कुरामा आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखिनेछ। कुनै पनि योजना अघि बढाउँदा कति लगानी, लागत, किस्ताबन्दीमा कति के भन्ने कुरा निकालिनेछ। सुशासन, न्याय ढिला हुने कुरामा प्राथमिकता हुनेछ। त्यसको अन्त्यका लागि प्रयास हुनेछ। म यसमा चुस्त र दुरुस्त बनाएर अघि बढुनेछु। कानूनबमोजिम सबै चल्नुपर्छ, कानूनभन्दा माथि कोही पनि हुँदैन। त्यही ढंगबाट अघि बढ्न सबैको सहयोग हुने विश्वास छ। त्यहीअनुसार म काम गर्नेछु। कुनै पनि क्षेत्रको भ्रष्टाचारको सन्दर्भमा कसैलाई छुट हुँदैन। अदालतलाई निष्पक्ष, स्वतन्त्र, छिटो छरितो चुस्त दुरुस्त बनाउनेछु।’

कानूनमन्त्री गुरुङले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनीयताको शपथग्रहण गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर