दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्छु : खेलकुदमन्त्री लिम्बू

नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडी र पदाधिकारीहरूले खेल क्षेत्रमा महसुस गरेका अभावलाई समाधान गर्ने गरी काम गर्ने बताएका छन्। बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

उनले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताए। उनले आम नागरिकहरूले देख्ने गरी काम गर्ने बताए।

उनले हरेक कुरालाई सकारात्मक ढंगबाट लिन पनि आग्रह गरे। उनले मन्त्रालयमा रहेर आफू दिनको १८ घण्टा काम गर्ने प्रतिबद्धता जनाए।

उनले भने,‘समग्र खेल जीवन र यसको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा अहिलेसम्म अभाव छ। खेलाडी साथीहरूले, पदाधिकारीले जे अभाव महसुस गर्नुभएको छ, त्यसलाई मध्यनजर गरेर काम गर्ने प्रयास गर्नेछु। सकेसम्म देखिने र धेरै मानिसको चित्त बुझ्ने गरी काम गर्नेछु। केही समय अध्ययन गर्न समय लाग्छ। काममा विश्वास गर्ने मानिस हो म। हरेक कुरालाई सकारात्मक ढंगबाट लिनुपर्छ। नेपालीले गर्न सक्छन् भन्ने कुरा खेलाडी साथीहरूले देखाइरहनुभएको छ। म १८ घण्टाको समय दिएर काम गर्नेछु।’

खेलकुदमन्त्री लिम्बूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनीयताको शपथग्रहण गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *