कम सुतेर भए पनि मन्त्रालयको काममा खट्छु : स्वास्थ्यमन्त्री बस्नेत

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दूर्गमभन्दा दूर्गम ठाउँमा पनि तत्काल चिकित्सकहरु पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन्। स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वयमा सो काम गर्ने मन्त्री बस्नेतको योजना छ।

बिहीबार पदभार ग्रहण गरेपछि मन्त्रालयका आयोजित कार्यक्रममा बोल्दै उनले आफू कम सुतेर भए पनि मन्त्रालयको काममा खट्ने बताए। मन्त्रालयका सम्पूर्ण टिमको बुद्धि, विवेक र प्रयासबाट मन्त्रालयको कामकारबाहीलाई माथि उठाउने मन्त्री बस्नेतले बताए।

उनले स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै लैजाने बताए। मन्त्री बस्नेतले एक हप्ताभित्र स्वास्थ्य सामग्रीहरुको तथ्यांक दुरुस्त राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए।

स्वास्थ्य सामग्री धेरै खरिद भएको तर त्यो प्रयोगमा नआएकाले त्यसको हिसाब दुरुस्त राखी आवश्यक ठाउँमा पठाउनुपर्ने उनको भनाइ छ। मन्त्री बस्नेतले सरकारले खरिद गरेको स्वास्थ्य सामग्री ठूलो भोल्युममा भए पनि त्यसको सदुपयोग हुन नसकेको भन्दै आपत्ति जनाए।

मन्त्री बस्नेतले जनताको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर काममा खटिन चिकित्सकहरूलाई समेत सचेत गराए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *