सूचना दाताको सुरक्षाका लागि गम्भीर बन्न जरुरी : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना दाताको सुरक्षाका लागि गम्भीर बन्न जरुरी रहेको बताएकी छन्। शुक्रबार राष्ट्रिय सूचना आयोगको १६ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले जनताले सूचनाको माग गर्नुको अर्थ सरकारी अधिकारीलाई झन्झट दिन नभई सरकारी सेवा प्रवाह पारदर्शी बनाउन रहेको उल्लेख गरिन्। उनले सूचनाको हकसम्बन्धी ऐनको पूर्ण कार्यान्वयनक लागि गम्भीर हुन जरुरी रहेको उल्लेख गरिन्।

उनले सार्वजनिक सूचनाको अद्यावधिक र स्वतः प्रकाशनको कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले जनतालाई सरकारका गतिविधि र सूचना एकद्वार प्रणालीबाट प्राप्त गर्न सजिलो होस् भनेर सबै मन्त्रालयसँग सम्बन्धित गतिविधिको जानकारी एकीकृत अनलाइन प्रणालीबाट सार्वजनिक गर्ने तयारी भइरहेको पनि बताइन्।

उनले संघीयताको मर्मअनुरूप सूचनाको हकलाई कार्यान्वयन गर्न कानून पुनरवलोकन आवश्यक रहेको र प्रदेश तथा स्थानीय तहमा तदनुकूल कानून बनाउनुपर्ने बताइन्। मन्त्री शर्माले सूचनाको हकको कार्यान्वयनलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय प्रवक्ता र सूचना अधिकारीहरूको सञ्जाल बनाई सूचना प्रवाहलाई प्रभावकारी बनाउने काममा सरकार लागेको पनि बताइन्।

मन्त्री शर्माले जनतालाई सरकारका गतिविधि र सूचना एकद्वार प्रणालीबाट प्राप्त गर्न सजिलो बनाउन लागेको पनि बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर