केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न एमालेले बोलायो सचिवालय बैठक

नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

उनका अनुसार ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्नेछ । एमालेको केन्द्रीय कमिटी बैठक झापामा यही वैशाख २८ देखि ३० गतेसम्म बस्दैछ ।

गत मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्दै छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर