रास्वपा सरकारमा नजाने, समर्थन पनि फिर्ता लिने

राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान सरकारमा सहभागी नहुने साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ। शुक्रबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र सदसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको एक नेताले जानकारी दिए।

सत्ता गठबन्धनले रास्वपालाई सरकारमा ल्याउन खोजिरहेको थियो। तर, रास्वपाले भने सरकारले न्यूनतम साझा कार्यक्रममा आफ्नो एजेन्डा हटाएको भन्दै आपत्ति जनाउँदै आएको थियो।

पार्टी सभापति रवि लामिछानेले पनि सांसदको शपथ लिएको बेला सरकारमा जानेभन्दा फिर्ता लिने सम्भावना बढेको बताएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *