सडक आश्रित मानवमुक्त नेपाल बनाउन सक्दो प्रयत्न गर्छौं : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सडक आश्रित मानवमुक्त नेपाल बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन्।

शनिबार बिहान काठमाडौंको वनस्थलीस्थित मानव सेवा आश्रममा पुगेका उनले त्यसलाई निरन्तरता दिने र अझ उचाइमा पुर्‍याउने काममा पनि सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए। उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भेट आजभोलि नै गराउने पनि बताए।

उनले प्रधानमन्त्री दाहालले राम्रो कामलाई आत्मसात गर्दै सकेको सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै सो आश्रमले गरेको मानवीय सेवा सञ्चालनमा ल्याइराख्न सहयोग गर्ने विश्वास व्यक्त गरे। मानवीय सेवा महान् सेवा भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई मर्न नदिन सरकार र आफू व्यक्तिगत रूपमा पनि लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि आफूले प्रमुख राजनीतिक दलका नेतृत्वसँग पनि छलफल गर्ने बताए। उनले मानवीय सेवाको काममा सबैले साथ-सहयोग र सम्मान गर्नुपर्ने बताए।

त्यस अवसरमा आश्रमका संस्थापक रामजी अधिकारीले आफूहरूले अबको २ वर्षभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल बनाउने गरी काम गरिरहेको जानकारी उपप्रधानमन्त्री श्रेष्ठलाई गराएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर