हटाउन थालियाे काठमाडाैंका अव्यवस्थित तारबार

काठमाडौं महानगरपालिकाले काठमाडौंका अव्यवस्थित तारहरूको व्यवस्थापन कार्य सुरु गरेको छ । सोमबार बिहान माइतीघर मण्डला क्षेत्रबाट अव्यवस्थित तार व्यवस्थापन सुरु भएको हो ।

महानगरपालिकाले नेपाल टेलिकम, वर्ल्ड लिंक, बोर्ड लिंकलगायतका सम्बन्धित निकायहरूसँगको समन्वयमा तार व्यवस्थापन गर्न सुरु गरेको हो ।

तार व्यवस्थापन कार्यको शुभारम्भपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी निरीक्षक ईश्वर वाग्लेले सम्बन्धित सबै पक्षहरूसँगको छलफलपछि समन्वयमा नै अव्यवस्थित तार हटाउन सुरु गरिएको र यो अभियान काठमाडौंभरका अव्यवस्थित तार नहटाएसम्म जारी रहने उल्लेख गरे ।

उनले स्थत तारका कारण कतिपय दुर्घटना निम्तिरहेको र त्यसलाई कम गर्नका लागि पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

त्यस्तै तार व्यवस्थापनका लागि नेपाल टेलिकमबाट प्रतिनिधित्व गरेका पोखराज जोशीले नेपाल टेलिकमले आफ्नो तार सबै फाइबरबाट चलाइसकेको र तार पहिचान गरेर मात्रै काट्न आग्रह गरेको बताए । उनले तार व्यवस्थापनको कार्य समन्वयमा नै सुरु भएको बताए ।

काठमाडौं महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार बसेको बैठकले सोमबाररदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो । यसअघि काठमाडौं महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ गतेभित्र तार व्यवस्थापन नगरे तार काटिदिने सूचना सार्वजनिक गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर