प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै

सर्वोच्च अदालतमा प्रधानन्यायाधी नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज साँझ बस्दैछ।

उपसभामुख इन्दिरा रानामगगरका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्तापछि संवैधानिक परिषद्को बैठक बस्न लागेको हो।

आज बस्ने बैठकले प्रधानन्यायाधीश नियुक्त गर्ने सम्भावना छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की रोलक्रममा छन्।

संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *