संसद बैठकमा अमरेशकुमार सिंहले लुगा फुकालेपछि… (भिडियाे)

प्रतिनिधिसभाको सोमबारको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार आफूले लगाएका लुगा खोलेका छन्। बैठक सुरु हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा फुकालेका हुन्।

प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए । सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाए ।

सांसद सिंहले शरीरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न आग्रह गर्दै त्यसो नएभएमा कारबाही गर्ने चेतावनी दिएका थिए। सभामुखको बारम्बारको आग्रहपछि स्थिति सामान्य भएर अहिले शून्य समय सुरु भएको छ।

प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए। सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर