भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य सरकारले बाहिर ल्याउनुपर्छ : अनिता देवकोटा

राष्ट्रियसभा सदस्य अनिता देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा गम्भीर ढंगले छानबिन गर्नुपर्ने बताएकी छन्। मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा उनले सो माग गरेकी हुन्।

उनले जनताले वास्तविकता र सत्यतथ्य बुझ्न चाहिरहेको उल्लेख गर्दै अपराधलाई संरक्षण गर्न नहुने बताइन्। उनले भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रूपमा नै नेपालको छवि नराम्रो बनाएको बताइन्।

उनले प्रकरणबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याई दोषीलाई कारबाही गर्न माग गरिन्। देवकोटाले जनतालाई यस घटनाबारे सत्यतथ्य बुझाउनुपर्ने बताइन्।

यस्तै राष्ट्रिय सभासदस्य दीपा गुरुङले क्यान्टनमेण्ट काण्डबारे छानबिन गर्न माग गरिन्। उनले लामो समयबाट भ्रष्टाचारको काण्डै काण्ड देशमा छाएको उल्लेख गरिन्। उनले क्यान्टनमेण्टको काण्डलाई न्यायसंगत रूपमा छानबिन गर्न आग्रह गरिन्।

त्यस्तै राष्ट्रियसभा सदस्य प्रकाश पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न माग गरे। उनले भ्रष्टाचारबिरुद्ध कडा एक्सन सुरु गर्न पनि आग्रह गरे।

उनले सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गर्न र आर्थिक मन्दीको समयमा तलबबाहेकका सबै सुविधा कटौती गर्न माग गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर