दार्चुलामा चार पुग्याे सशस्त्र प्रहरीको बीओपी, सुन्सेरामा थप एक बीओपी स्थापना

सशस्त्र प्रहरीले दार्चुलाको व्यास गाउँपालिका-४, सुन्सेरामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । योसँगै दार्चुलाको सीमा क्षेत्रमा बीओपीको संख्या चार पुगेको छ ।

उक्त बीओपीको सोमबार उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४४ गण हेडक्वार्टर दार्चुलाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) डम्बर विष्टका अनुसार वैद्यनाथ बाहिनी नम्बर ७ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण ढुंगाना, व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी र प्रमुख जिल्ला अधिकारी किरण जोशीले बीओपीको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

उक्त बीओपीमा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) त्रिभुवन विष्टको नेतृत्वमा २० जनाको टोली खटाइएको छ ।

केही महिनाअघि सशस्त्र प्रहरीले मालिकार्जुन गाउँपालिका-६ को बाँकु र व्यास गाउँपालिका-२ को मालघाटमा झोलुंगे पुल सुरक्षा पोष्ट पनि स्थापना गरेको एसपी विष्टले बताए ।

उनका अनुसार व्यास गाउँपालिका-१ को तिङ्करमा स्थापना गर्ने गरी थप एउटा बीओपी स्वीकृत भएकाले चाडै स्थापना गर्ने तयारी सशस्त्र प्रहरीको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर