अर्थतन्त्रको अवस्था सुधार्न कृषिमा लगानी बढाउनुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी आर्थिक वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन्। मंगलबार सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले यस्तो सुझाव दिएका हुन्।

उनले आर्थिक अवस्था सुधार गर्न सबैभन्दा पहिला कृषिमा लगानी बढाउनुपर्ने बताए। उनले उत्पादनमूलक उद्योगहरूलाई सबलीकरण, रुग्ण उद्योगलाई पुनः सञ्चालन गरेर मात्रै अहिलेको आर्थिक संकटको सामना गर्न सकिने बताए।

उनले पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न सके पनि केही मात्रामा आर्थिक समस्या समाधान गर्न सकिने बताए। उनले हरित क्रान्ति कार्यक्रम लागू गर्न सके कृषि उत्पादनमा वृद्धि गर्न सकिने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर