पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। उनका सहयाेगीले उनी पक्राउ परेकाे बताएका छन्।

खानलाई भ्रष्टाचारको मुद्दामा हिरासतमा लिइएको स्थानीय प्रसारक जियो टीभीलाई उद्धृत गर्दै राेयटर्सले जनाएको छ।

अलजजिराका अनुसार खान राजधानी इस्लामावादमा अदालतमा हाजिरीका क्रममा पक्राउ परेका हुन्।

गत वर्ष सत्ताबाट हटाएपछि खानलाई दर्जनौं आरोपहरू लगाइएको छ जसलाई उनले अस्वीकार गरेका छन्।

खानलाई कादिर ट्रस्ट मुद्दामा गिरफ्तार गरिएको इस्लामाबाद पुलिसले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमार्फत जनाएको छ।

पीटीआईका नेता र खानको शासनकालमा सूचनामन्त्री रहेका फवाद चौधरीले खानको गिरफ्तारीलाई अपहरण भनेका छन्।

‘इमरान खानलाई अज्ञात व्यक्तिहरूले अज्ञात स्थानमा लगेका छन्,’ उनले ट्विट गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *