प्रतिनिधिसभा बैठकमा राप्रपाको अवरोध, बैठक स्थगित

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्न नदिइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक सञ्चालनमा अवरोध गरेको हो ।

सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको जानकारी गराएसँगै राप्रपाका सांसदहरू उठेर आकस्मिक समयको माग गरेका थिए । सभामुखले बैठकमा बजेटपूर्वको छलफल हुने भन्दै बैठकमा शून्य समयबाहेको समय नराखिएको जानकारी गराएका थिए ।

उनले आफ्ना कुराहरू शून्य समयमै राख्नका लागि अनुरोध गर्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए । तर राप्रपाले बोल्न पाउनुपर्ने माग निरन्तर राखे पनि सभामुखले राप्रपाको विरोधका बाबजुद शून्य समयको लागि बोल्न सांसद विमला सुवेदीलाई समय उपलब्ध गराए । लगत्तै राप्रपा सांसदहरूले बेल घेराउ गरेपछि बैठक बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *