संघ र प्रदेशका मन्त्रालय संख्या घटाऔं : सांसद गुरुङ

नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनुपर्ने बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बजेट पूर्वको छलफलमा भाग लिँदै सांसद गुरुङले संघमा मन्त्रालयको संख्या घटाएर १२ देखि १५ वटा मन्त्रालय बनाउनुपर्ने बताएका हुन्।

प्रदेशमा मन्त्रालयको संख्या ७ वटा कायम गर्नुपर्ने उनकाे भनाइ छ।

सांसद गुरुङले भने, ‘संघको मन्त्रालय १२ देखि १५ राखौँ। त्यसले पनि धेरै फजुल खर्च अन्त्य हुन्छ। संघ सरकारअन्तर्गत जति पनि विभागहरू छन् ती विभागहरूलाई घटाएर हामीले १५ वटामा झारौँ। यति भयो भने धेरै फजुल खर्च घट्छ। संविधान संशोधन गरेर भए पनि यो अनावश्यक बोझ हटाऔँ। फजुल खर्चबाट मुक्त गरेर अगाडि बढायो भने जनतालाई एउटा विश्वास हुन्छ।’

उनले पूँजीगत खर्च अभिवृद्धि गर्ने उपायहरुको सम्बन्धमा सरकारले सोच्नुपर्ने बताए।

साथै उनले पूर्वाधारहरुको सम्बन्धमा नयाँ योजना आवश्यक नभएको भन्दै निर्माणाधीन अवस्थामा रहेका ठूला आयोजनालाई सम्पन्न गर्न प्राथमिकता दिनुपर्ने पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर