प्रहरी अस्पतालमा हिमालयन बैंककाे नगद संकलन काउन्टर

हिमालयन बैंक लिमिटेडले काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ ।

वैशाख २१ गते एक समारोहबीच बैंक र अस्पतालले नगद संकलन काउन्टर सञ्चालनका लागि सम्झौता गरेका थिए।

नगद संकलन काउन्टर सञ्चालनमा ल्याउने सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा र अस्पतालका तर्फबाट अस्पतालकी मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गरेका थिए।

बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा (सार्वजनिक बिदाका दिनहरूमा पनि) प्रदान गर्नेछ।

बैंकद्वारा प्रदान गरिने सो सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरूका परिवार, आफन्तजन तथा अस्पतालका कर्मचारीहरूलाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *