कृषिप्रधान देश नेपालमा कृषि ऐन नै छैन : मन्त्री भुसाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालमा हालसम्म कृषि ऐन नै नरहेको बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले नेपाल कृषिप्रधान देश हो भन्ने गरे पनि हालसम्म कृषि ऐन नै नहुनु दुःखद् भएको बताए। उनले अहिले मन्त्रालयले कृषि ऐन बनाउनका लागि मस्यौदा तयार पारिरहेको उल्लेख गरे। उनले कृषि ऐन बनाउन सके मात्रै पनि कृषि उपजका कतिपय समस्या समाधान हुने विश्वास व्यक्त गरे।

मन्त्री भुसालले आधुनिक समयमा पाखुराको बलमा खाद्यान्न उत्पानमा वृद्धि गर्छु भन्नु गलत भएको बताए। उनले जतिसक्दो धेरै यान्त्रिकीकरणमा गएर कृषि उत्पादन वृद्धि गर्न सकिने उल्लेख गरे।

उनले पछिल्लो समय जनशक्तिको अभाव देखिएको बताए। उनले जनशक्तिको अभावका कारण अहिले आधाभन्दा बढी खेतीयोग्य जमिन बाँझो रहेको बताए।

उनले तराईका ५० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन सिँचाइको सुविधा नहुँदा बाँझो रहेको बताए। मन्त्री भुसालले चिस्यान केन्द्र र बाँझो जमिन प्रयोगको प्रक्रिया मन्त्रालयले अघि बढाइरहेको पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर