विपद् व्यवस्थापन प्राधिकरणलाई छुट्टै मन्त्रालय बनाउनुपर्छ : गंगालाल तुलाधर

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणलाई मन्त्रालय बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

बिहीबार ललितपुरमा आयोजित राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफू सरकारमा सहभागी हुँदा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणलाई एउटा छुट्टै मन्त्रालय बनाएर जाने प्रयास गरे पनि सफल हुन नसकेको बताए।

उनले प्राधिकरणलाई गृह मन्त्रालयअन्तर्गत नभई प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्ने कुरा पनि सफल हुन नसकेको स्पष्ट पारे। उनले अब विपद्जन्य गतिविधिहरू बढ्ने भएकाले पूर्वतयारीका साथ काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

सबैभन्दा पहिला शारीरिक अशक्तता भएकाहरूलाई सुरक्षित गर्नुपर्ने आवश्यकता रहेको र अन्य नागरिकलाई पनि पूर्वसूचनाको विस्तार गर्न आवश्यक रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर