कृषि मन्त्रालय विघटन गरौं : रमेशजंग रायमाझी

राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले कृषि मन्त्रालय विघटन गर्नुपर्ने बताएका छन्। बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले ८५ प्रतिशत तरकारी बाहिरबाट आयात गर्नुपर्ने र खाद्यान्न पनि ठूलो मात्रामा विदेशबाट आयात गर्नुपर्ने स्थिति राखिराख्ने हो भने कृषि मन्त्रालयको आवश्यकता नरहेको जिकिर गरे। उनले आवश्यक कामको पूर्ति गर्न नसक्ने हो भने मन्त्रालय बनाइरहनुको कुनै औचित्य नरहने बताए।

उनले कृषि मन्त्रालय सबैभन्दा धेरै मन्त्रीहरू परिवर्तन भइरहने मन्त्रालय रहेको उल्लेख गरे। उनले किसानलाई बालीनालीका लागि असारमा चाहिने मल बाली पाक्ने बेलामा ल्याउनुको औचित्य मन्त्रालयले पुष्टि गर्न सक्नुपर्ने बताए।

सदस्य रायमाझीले नेपाललाई ६ लाख मेट्रिक टन मल आवश्यक रहे पनि ४ लाखभन्दा आउन नसकेको गुनासो गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर