कांग्रेस पदाधिकारी बैठक : बालकृष्ण खाणबारे भएन निर्णय

नेपाली कांग्रेसको बिहीबार बसेको पदाधिकारी बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाणबारे कुनै निर्णय भएन। भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाणलाई कांग्रेसले निलम्बन गर्न सक्ने आकलन गरिए पनि त्यसबारे कांग्रेसले कुनै निर्णय नगरेको हो।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकपछि जानकारी दिँदै सहमहामन्त्री जीवन परियारले अहिले खाण अभियुक्त मात्रै भएको र दोषी नठहरिएकाले कारबाहीबारे कुनै निर्णय नभएको बताए।

साथै सरकारले निष्पक्ष र तटस्थ छानबिन गरे कांग्रेसले खुलेर सहयोग गर्ने विषयमा छलफल भएको बताए।

बैठकमा कोशी प्रदेश सरकारमा तालमेलका लागि केन्द्रसँग छलफल गर्ने निर्णय भएको छ। हाल उक्त प्रदेशमा एमाले र माओवादीको सरकार छ। यसका लागि दुई जना महामन्त्री गगनकुमार थापा, विश्वप्रका शर्मा र भिष्मराज आङ्दाम्बेलाई छलफल गर्ने जिम्मेवारी दिइएको छ।

यस्तै दुवै सदनले पारित गरेको नागरिकता विधेयकबारे पनि कानूनविद्हरूसँग छलफल गर्ने निर्णय भएको छ। साथै भातृ संगठन, पार्टीको नीति अधिवेशन गर्नुपूर्व केन्द्रीय कार्यसमिति बैठक राख्ने निर्णय भएको परियारले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर